
काठमाडौं । एनपीएलको दोस्रो संस्करणको मिनी अक्सन शनिवार सम्पन्न भएको छ । एनपीएलको दोस्रो संस्करणको मिनी अक्सनका लागि क्यानले १५० खेलाडीको नाम सार्वजनिक गरे पनि क्यानले शनिवार १४ खेलाडी थपेको थियो ।
जसमा ‘ए’श्रेणीमा ९, ‘बी’ मा ३७ र ‘सी’ श्रेणीका ११८ खेलाडी सहभागी थिए । अक्सनमा सहभागी १६४ खेलाडीमध्ये ३७ खेलाडी बिक्री भएका छन् । बाँकी १३८ खेलाडी भने ‘अनसोल्ड’ भएका थिए । फ्रेन्चाइज टोलीले श्रेणी ‘ए’ श्रेणीका खेलाडीका लागि १० देखि १५ लाख, बी’का लागि ५ देखि १० लाख र ‘सी’ श्रेणीमा रहेका खेलाडीका लागि दुईदेखि पाँच लाख रुपैयाँ खर्चिन पाउने प्रावधान राखिएको थियो ।
अक्सनमा ‘ए’ श्रेणीमा समावेश गरिएका नौ खेलाडीमध्ये चारजना सबैभन्दा महँगो (१५ लाख रुपैयाँ) मा बिकेका छन् । देव खनाललाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्यमा बोली लगाएपछि उनी गोला प्रथाबाट चितवनमा अनुबन्ध भएका थिए । यसैगरी अर्जुन साउदलाई चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा गोला प्रथामा चितवन नै भाग्यमानी साबित भयो ।
एनपीएलको पहिलो संस्करणमा अक्सनमा समावेश नभएका पवन सर्राफलाई पनि चार टोलीले बोली लगाएका थिए । उनलाई चितवन, लुम्बिनी लायन्स, कर्णाली र विराटनगरले १५ लाख रुपैयाँमा बोली लगाएकोमा गोला प्रथाबाट कर्णालीमा अनुबन्ध भएका थिए । ‘ए’ श्रेणीका दीलिप नाथ र सूर्य तामाङलाई १० लाख रुपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्सले अनुबन्ध गरेको थियो ।
शनिवार भएको मिनि अक्सनबाट काठमाडौं गोर्खाजले पूर्ण टिम बनाएको छ । यससँगै काठमाडौं खेलाडी पूरा गर्ने पहिलो टोली पनि बनेको छ । मिनि अक्सनबाट काठमाडौंले शनिवार पाँच खेलाडी खरिद गरेको थियो । ‘ए’ श्रेणीका आदिल आलमलाई १५ लाखमा खरिद गरेको काठमाडौंले ‘बी’ श्रेणीका सन्तोष यादवलाई १० लाख र आकाश त्रिपाठीलाई सात लाख तथा ‘सी’ श्रेणीका उत्तमरंगु थापा मगरलाई तीन लाख र तुलबहादुर थापालाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
काठमाडौंले पहिलो संस्करणका मार्की तथा कप्तान करण केसी, भीम सार्की, दीपेश कँडेल, साहब आलम, प्रतिक श्रेष्ठ र रासिद खानलाई रिटेन गरेको थियो । काठमाडौंले अब एक नेपाली खेलाडी ट्यालेन्ट हन्टबाट भित्र्याउनेछ भने चार विदेशी खेलाडी टोलीमा भित्र्याउन पाउने छ ।
कर्णालीले ‘बी’ श्रेणीका युवराज खत्रीलाई १० लाख, दीपक डुम्रे र इमरान शेखलाई दुई लाख रुपैयाँमा खरिद गरेको छ ।
यस्तै, पोखरा एभेन्जर्सले ‘बी’ श्रेणीका अर्जुन कुमाललाई पाँच र ‘सी’ श्रेणीका अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप क्षत्री खत्रीलाई दुई लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ । चितवनले ‘ए’ श्रेणीका देव खनाल र अर्जुन साउदसँगै ‘बी’ श्रेणीका विपिन रावललाई पाँच लाख तथा ‘सी’ श्रेणीका विपिन आचार्य र रञ्जित कुमारलाई जनही दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ ।
विराटनगर किङ्ले ‘ए’ श्रेणीका सूर्य तामाङलाई १० लाख, ‘बी’ श्रेणीका साहिल पटेल, नारायण जोशी र शङ्कर रानालाई पाँच/पाँच लाख तथा ‘सी’ श्रेणीका श्रवण क्रिस्कुलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । यस्तै लुम्बिनी लायन्सले ‘बी’ श्रेणीका दीलिप नाथ र शेर मल्ललाई जनही १० लाख, दुर्गेश गुप्तालाई पाँच लाख तथा ‘सी’ श्रेणीका विशाल पटेललाई पाँच लाख र आदिल खानलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
एनपीएलको साबिक विजेता जनकपुर बोल्ट्सले ‘बी’ श्रेणीका मायन यादवलाई सात लाख ७५ हजार र विकास आग्रीलाई पाँच लाखमा खरिद गर्दा ‘सी’ श्रेणीका आदित्य महतालाई पाँच लाख र सचिन भट्टलाई दुई लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ ।
यसैगरी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले ‘बी’ श्रेणीका हेमन्त धामीलाई १० लाख तथा दीपक बोहरा र मिलन बोहरालाई जनही पाँच लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै ‘सी’ श्रेणीका टेकबहादुर रावत र दीपेन्द्र थापालाई जनही दुई लाख रुपैयाँमा भित्र्याएको छ ।
कुन टोलीले कति खर्च गरे ?
मिनि अक्सनमा पोखरा एभेन्जर्स सबैभन्दा बढी रकम बचत गर्ने टोली बनेको छ । पोखराले अक्सन पछि सर्वाधिक २५ लाख ५० हजार रुपैयाँ रकम बचत गरेको छ । एनपिएलका लागि हरेक टोलीले खर्च लागि ९० लाख रुपैयाँ रकम तोकिएको थियो । ९० लाख रुपैयाँबाट टोलीले रिटेन गरेका खेलाडीको मूल्य घटाएर दोस्रो संस्करणका लागि खर्च रकम पाएका थिए ।
जसले पोखराले मिनी अक्सनमा ३६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने थियो । तर, पोखराले ११ लाख मात्र अक्सनमा खर्च गरेको छ । पोखराले अक्सनबाट श्रेणी ‘ए’ बाट कुनै खेलाडी किन्न सकेन ।
अक्सनमा सबैभन्दा कम रकम बचत गर्ने टोलीमा काठमाडौं गोर्खाज रह्यो । काठमाडौंले अक्सनबाट ५ खेलाडी किन्नलाई ३७ लाख खर्च ग¥यो । रिटेन खेलाडीमा भएको खर्च घटाएर काठमाडौंले अक्सनमा ४३ लाख खर्च गर्न पाएको थियो ।
काठमाडौंले श्रेणी ‘ए’ बाट मोहम्मद आदिल आलमलाई चिठ्ठा मार्फत पाएको थियो । काठमाडौंले श्रेणी ‘बी’ बाट सन्तोष यादव तथा आकाश त्रिपाटी तथा श्रेणी ‘सि’ बाट तुलबहादुर थापा र उत्तम थापा मगरलाई टोलीमा भित्र्याएको थियो ।
अक्सनमा सर्वाधिक धेरै रकम खर्च गर्नेमा चितवन राइनोज रहेको छ । चितवनले अक्सनमा ५ खेलाडी टोलीमा भित्र्याउँदा ३९ लाख रकम खर्च ग¥यो । चितवनले रिटेन गरिएका खेलाडीको खर्च घटाएर कुल ५८ लाख खर्चका लागि पाएको थियो ।
चितवनले अक्सनमार्फत श्रेणी ‘ए’ का देव खनाल तथा अर्जुन कुमाललाई टोलीमा आबद्ध ग¥यो । उसले श्रेणी ‘बी’ बाट विपिन रावल तथा श्रेणी ‘सि’ बाट विपिन आचार्य तथा रञ्जित कुमारलाई टिममा अनुबन्ध ग¥यो ।
अक्सनमा विराटनगर किंग्सले २७ लाख खर्च गरेर ५ खेलाडी भित्र्यायो । विराटनगरले श्रेणी ‘ए’ बाट स्पिनर सूर्य तामाङलाई तथा श्रेणी ‘बी’ बाट शङ्कर राना, साहिल पटेल, नारायण जोशीलाई अनुबन्ध ग¥यो । विराटनगरले श्रेणी ‘सी’ बाट श्रवण किस्कुलाई भित्र्यायो ।
रिटेन खेलाडीलाई खर्च गरेर अक्सनका लागि विराटनगरले ४५.५ लाख रकम पाएको थियो । अक्सन पछि विराटनगरले १८.५० लाख बाँकी छ ।
लुम्बिनी लायन्सले अक्सनका लागि पाएको ४५.२५ लाख खर्चमा ३२ लाखमा ५ खेलाडी अनुबन्ध ग¥यो । लुम्बिनीले श्रेणी ‘ए’ मा रहेका दिलीप नाथ तथा श्रेणी ‘बी’ बाट शेर मल्ल र दुर्गेश गुप्ता अनुबन्ध भए । लुम्बिनीले श्रेणी ‘सी’ बाट विशाल पटेल तथा आदिल खानलाई टोलीमा भित्र्यायो । लुम्बिनीसँग अक्सन पछि १३.२५ लाख बाँकी रहेको छ ।
साबिक विजेता जनकपुर बोल्ट्सले अक्सनका लागि उपलब्ध ३३ लाख रकममा १९.७५ लाख खर्च ग¥यो । जनकपुरले श्रेणी ‘ए’ बाट कुनै पनि खेलाडी खरिद गरेन । उसले श्रेणी ‘बी’ बाट मयन यादव र विकास आग्री तथा श्रेणी ‘सी’ बाट सचिन भट्ट र आदित्य महतालाई भित्र्यायो ।
कर्णाली याक्सले अक्सनका लागि उपलब्ध ४३ लाख खर्चमा २९ लाख रकम मात्र खर्च ग¥यो । कर्णालीले श्रेणी ‘ए’ मा रहेका पवन सर्राफलाई टिममा अनुबन्ध ग¥यो । कर्णालीले श्रेणी ‘बी’ बाट युवराज खत्री तथा श्रेणी ‘सी’ बाट इमरान शेख तथा दीपक डुम्रेलाई अनुबन्ध ग¥यो ।
साबिक उपवजितेता सुदूरपश्चिम रोयल्सले अक्सनका लागि उपलब्ध ४१.५ लाख रकममा ५ खेलाडी अनुबन्ध गर्दै २४ लाख खर्च ग¥यो । सुदूरपश्चिमले श्रेणी ‘ए’ बाट कुनै खेलाडी नभित्र्याउँदा श्रेणी ‘बि’ बाट हेमन्त धामी, दिपक बोहोरा र मिलन बोहोराले मौका पाए । भने, श्रेणी ‘सी’ बाट दिपेन्द्र थापा र टेकबहादुर रावतलाई अनुबन्ध गरे ।
शनिवार सम्पन्न अक्सनमा सहभागी ८ टोलीले ३७ खेलाडी खरिद गर्दा २ करोड १८.७५ लाख खर्च गरे । अक्सनमार्फत श्रेणी ‘ए’ का ६, श्रेणी ‘बी’ का १५ तथा श्रेणी ‘सी’ बाट १६ खेलाडी बोलकबोलमा सहभागी भए ।











