Logo
Logo

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित, एसिया कपको दौडबाट बाहिरियो


1.1k
Shares

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को अन्तरले पराजित भएको छ ।

The current image has no alternative text. The file name is: football.gif

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो ।

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अङ्क जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साबिक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल पनि गोल खाएको छैन । 

छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो । नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अङ्क भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्