Logo
Logo

भूमि विधेयकमा अनावश्यक विवाद सिर्जना गरियो : मन्त्री अधिकारी


630
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरूलाई अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । 

The current image has no alternative text. The file name is: balram.gif

आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाए ।

उनले सांसदहरूलाई सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न आग्रह गरे । अधिकारीले विधेयकमाथि व्यवस्थित छलफल हुन नसकेको भन्दै असन्तोष समेत व्यक्त गरे । 

उनले भने, ‘सिरानको विषयमा छलफल भएको छ। पुछारको कुरा जोडिदिएको छ । यस्तो गरेर यो विधेयकको टुङ्गो पनि लाग्दैन र हामी सबल पनि देखिँदैनौँ। यो कुराहरूमा माननीयज्यूहरूको ध्यान जान जरुरी छ। के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुङ्ग्याइसकेका छौँ । त्यसका आधारमा सम्बन्धित पक्षले एउटा प्रस्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ । अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्नेरु कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न ।’

विधेयकले गरेका व्यवस्थामा सैद्धान्तिक छलफलमा नै सहमति भइसकेको उल्लेख गर्दै उनले दफावार छलफलका क्रममा भाषागत विषयमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्