Logo
Logo

मन्त्री हेरफेरबारे कांग्रेस-एमालेबिच छलफल


4.3k
Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेबिच छलफल भएको छ । 

The current image has no alternative text. The file name is: oli-deuwa.gif

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए । 

छलफलमा सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले राखेका जनाइएका छ ।  साथै ओलीले सरकार गठन भएको एक वर्ष भइसकेकाले केही नयाँ मन्त्रीहरू आवश्यक रहेको बताएका थिए । 

तर, देउवा भने ओलीको प्रस्तावमा सहमत भएनन् । देउवाले पार्टीको आन्तरिक विवादका कारण अहिले मन्त्रीपरिषद् हेरफेर गर्न नसकिने बताएका छन् । एमालेले सरकार गठन भएपछि दुई मन्त्री परिवर्तन गरिसकेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र सङ्घीय मामिला तथा सामान्य प्रशासनन्त्री राजकुमार गुप्तालाई परिवर्तन गरिसकेको छ । भट्टराईका स्थानमा रघुजी पन्त र गुप्ताका स्थानमा भगवती न्यौपाने मन्त्री बनेका छन् । 

कांग्रेसले भने अहिलेसम्म कुनै मन्त्री हेरफेर गरेको छैन । त्यो बाहेक बैठकमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक र सङ्घीय निजामती कर्मचारी विधेयकबारे पनि बैठकमा कुराकानी भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्