Logo
Logo

कैलाली कारागारमा कैदीबन्दीको गणना सकियो


1.3k
Shares

धनगढी । कैलाली कारागारमा दुई समूहबीचको झडपपछि तनाव बढेपछि कैदीबन्दीको सङ्ख्या पुनस् गणना गरिएको छ ।

The current image has no alternative text. The file name is: kailali-2.gif

मानव अधिकार आयोग, कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा गरिएको गणनामा ब्लक ए मा ३९६, ब्लक बी मा १९८ र महिला ब्लकमा ५६ जना कैदीबन्दी रहेको पुष्टि भएको छ ।

शनिवारको झडपमा ४९ जना घाइते भएका र एक जनाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गणनामा कुनै त्रुटि नभेटिएको र पहिले झैँ ७०० कैदीबन्दी रहेको पाइएको छ । यसअघि कैदीबन्दीले थुनुवा कक्ष बन्द गरेर प्रवेशमा रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्