Logo
Logo

स्वदेश फर्कियो यु-२० महिला टोली


378
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार व्यहोरेपछि टोली आज काठमाडौं फर्किएको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो । नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दा साउदी अरेबियासँग १–० ले विजयी भएको थियो ।

नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंकका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा छनोट भयो ।

प्रतिक्रिया दिनुहोस्