Logo
Logo

जर्मनीमा चन्द्र सूर्य कप क्रिकेट हुने


189
Shares

जर्मनी । नर्थ राइन-वेस्टफालियाका नेपालीहरूको संस्था नेप्लिज स्टार एनआरडब्लुले आगामी अगस्ट १६ मा चन्द्र सूर्य कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता जर्मनीको कोलोन सहरमा हुनेछ ।

The current image has no alternative text. The file name is: cricket-5.gif

जर्मनीका विभिन्न सहरबाट ६ टोली सहभागी हुनेछन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणका खेल राउन्ड रोबिन लिग ढाँचामा खेलाइने छ । 

समूह चरणको प्रत्येक खेल १२–१२ ओभरको हुनेछ भने दुवै समूहका शीर्ष टोलीबीचको फाइनल १५-१५ ओभरमा हुनेछ । बिहान ८ बजेबाट सुरु हुने खेलमा एनआरडब्लु निलो, बर्लिन र डाम्स्टाड समूह ‘ए’ मा रहेका छन् । एनआरडब्लु पहेँलो, म्युनिख र गिसेन अर्को समूहमा छन् ।

उपाधि विजेताले नगद एक हजार २२२ युरो, कप र प्रमाणपत्र पाउनेछन् । उपविजेतालाई ५५५ युरो पुरस्कार प्रदान गरिनेछ । ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई विशेष पुरस्कार दिइने आयोजक समितिका अनील नगरकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्