Logo
Logo

प्रथम ‘आरआरए रनिङ सिल्ड’ क्रिकेट प्रतियोगिता सुरू 


189
Shares

काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा प्रथम ‘आरआरए रनिङ सिल्ड’ क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू भएको छ ।

The current image has no alternative text. The file name is: RR-cricket.gif

उक्त प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक विशेष कार्यक्रममार्फत गरेका थिए । उनले निजी क्षेत्रबाट हुने यस्ता प्रतियोगिताले क्रिकेटप्रतिको आकर्षण बढाउन मद्दत पुग्ने उल्लेख गर्दै, क्रिकेटलाई प्राथमिकता दिएकोमा रेडियन्ट परिवारप्रति आभार व्यक्त गरे ।

पहिलो दिन समूह चरणका निर्धारित ७ खेलमध्ये वर्षाका कारण २ खेल हुन सकेनन् । रेडियन्ट क्रिकेट एकेडेमीको खेलमैदानमा सम्पन्न खेलहरूमा ब्लुबर्डले संस्कृति, अपीले ग्यालेक्सी, डिएभीले ब्लुबर्ड, मनकामनाले ग्यालेक्सी र एलआरआईले ब्लुबर्डलाई पराजित गरे । ब्लुबर्डका आदित्य शर्मा, अपीका कृजल प्रसाईं, डिएभीका प्रसिद्ध जैशवाल, मनकामनाका विवेश न्यौपाने र एलआरआईका आरी थपलिया ‘म्यान अफ द म्याच’ घोषित भए ।

रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुङ्गानाले शिक्षा विकाससँगै खेलकुदको प्रवर्द्धनमा पनि रेडियन्ट सक्रिय रहेको बताए । उनका अनुसार विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सके मात्र राष्ट्रियस्तरको टिम बलियो बन्न सक्छ ।

दस ओभरको लिग कम नकआउट प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजकको दुई टिमसहित १५ छात्र टिम सहभागी छन्। विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्