
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
आज सुन १३ सय रुपैयाँ घटेको हो ।
सोमबार एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ । हिजो दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।











