Logo
Logo

विवाह गर्दै रोनाल्डो


1.2k
Shares

काठमाडौं । पोर्चुगल तथा अल नस्रका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीको फोटो सेयर गरेर यसबारे जानकारी दिएकी हुन् ।

जर्जिनाले आफ्नो हात र रोनाल्डोको हातको तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘हो म तिमीलाई माया गर्छु । यो जीवनमा र आउने हरेक जीवनमा ।’ यद्यपि, रोनाल्डोले अहिलेसम्म यसबारे केही पनि पोस्ट गरेका छैनन् ।

रोनाल्डो र जर्जिना नौ वर्षदेखि डेटिङमा छन् । उनीहरूका चार सन्तान छन् । अभा मारिया र माटेओ २०१७ मा सरोगेसी मार्फत जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्