Logo
Logo

एनएमबि बैंकको नाफा ४६.२२ प्रतिशतले बढ्यो


126
Shares

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र सञ्चालन परिणाममा उल्लेखनीय सुधार देखाएको छ । असार मसान्तसम्म बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ६४.४६ प्रतिशतले वृद्धि भई ५ अर्ब ३५ करोड ३ लाख ७ हजार रुपैयाँ भएको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १०.४० प्रतिशत रहेको जनाएको छ, जबकि अघिल्लो आवको सोही अवधिमा लाभांश क्षमता ऋणात्मक थियो ।

बैंकको खराब कर्जा अनुपात ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ । हाल प्रतिसेयर आम्दानी १५.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ रहेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ सञ्चित छ । असार मसान्तसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छभने २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्