काठमाडौं । म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता मिक्स्ड मार्सल आट्र्स फाइटर च्याम्पियन रवीन्द्र ढाँटलाई नेपाल सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । सोमबार कसेको मन्त्रीपरिषद् बैठकको निर्णयले ढाँटलाई ५ लाख पुरस्कार दिने निर्णय गरेको हो ।

खेलकुदमन्त्री तेजुलाल चौधरी सरकारले ढाँटलाई ५ दिने निर्णय गरेको जानकारी गराएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ढाँटलाई ५ लाख पुरस्कार दिने निर्णय गरेको जानकारी दिए ।
ढाँटलाई काठमाडौं महानगरपालिकाले आज मङ्गलवार दुई लाख रकमसहित सम्मान गरेको छ । महानगरले नगरको कार्यालयमा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले ढाँटलाई सम्मान गरेका हुन् ।











