Logo
Logo

वर्तमान गठबन्धन ८४ को निर्वाचनसम्म तलमाथि हुँदैन : ओली 


693
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने बताएका छन् । मङ्गलवार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तागठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारे । 

The current image has no alternative text. The file name is: kp-oli-4.gif

उनले अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने बताए । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस-एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे । 

उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए । ओलीले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगलाई निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस्