
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकाय नियुक्त भएका छन् ।
एक दशकदेखि प्रतिष्ठान कार्यरत रोकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उपकुलपति नियुक्त गरेका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया हाडजोर्नी विशेषज्ञ हुन् ।














