Logo
Logo

पानीका विषयमा पाकिस्तानले दियो भारतलाई धम्की


693
Shares

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पानीका विषयमा भारतलाई चेतावनी दिएका छन् । इस्लामाबादमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले पाकिस्तानमा पानी आपूर्ती बन्द गरिए भारतले नसोचेको कदम उठाउने चेतावनी दिएका हुन् ।

‘म शत्रुलाई भन्न चाहन्छु– यदि तिमीले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने यो कुरा याद राख– तिमीले पाकिस्तानको ’एक थोपा’ पनि खोस्न सक्दैनौ,’ उनले भने, ‘म कसम खान्छु– यदि तिमीले यस्तो ग¥यौ भने म तिमीलाई फेरि यस्तो पाठ सिकाउनेछु कि तिमीले पुर्पुरोमा हात राख्नुपर्नेछ ।’

अप्रिल २३ मा जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जलसन्धि निलम्बन गरेको छ । जुन सन्धिअन्तर्गत पाकिस्तानले पानी पाउँदै आएको छ ।

पहलगाममा भएको आक्रमणपछि र त्यसअघि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकसाथ बग्न नसक्ने बताएका थिए । सहबाज सरिफले दिएको धम्कीका विषयमा भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्