Logo
Logo

रञ्जिता नै नागरिक उन्मुक्तिको अध्यक्ष : निर्वाचन आयोग


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेको ठहर गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धि ऐन र सम्बन्धित पार्टीको विधान अनुसार रञ्जिता नै पार्टीको अध्यक्ष भएको निर्णय गरेको हो ।

असन्तुष्ट पक्षले पेस गरेको विवरण ऐन र विधान अनुसार नमिलेका कारण नाउपाको अध्यक्ष श्रेष्ठ नै रहेको ठहर गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

नाउपाको संस्थापक सदस्यहरूको भेलाले श्रेष्ठलाई अपदस्त गर्दै लालबीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । चौधरी नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा हुन् भने श्रेष्ठ पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्