Logo
Logo

निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए


1.2k
Shares

काठमाडौं । सुनसरीमा निर्माणाधिन घरको सेप्टिक ट्यांकीभित्र दुई जना मृत अवस्थामा भेटिएका छन् ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र सोही नगरपालिकाका २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत भेटिएका हुन् ।

बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको ट्यांकीभित्र ठेकेदार तामाङ र कामदार राई मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ । त्यसपछि मात्रै अन्य विषय खुल्ने उनले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्