Logo
Logo

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले दिए राजीनामा


3.3k
Shares

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।

गंगालाल अस्पतालमा २५ वर्ष बिताएका डा कोइरालाले व्यक्तिगत कारण देखाउँदै आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखिएको पत्रमा डा कोइरालाले आफ्नो कार्यकक्षमा व्यक्तिगत सामान रहेकाले केहि समय प्रतिक्षा गर्न समेत अनुरोध गरेका छन् ।

राजीनामा दिए पनि उनले केन्द्रको प्रगति, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्