
काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा.धवलशम्शेर जबरा पक्षबीच मञ्चमै झडप भएपछि अधिवेशन स्थगित गरिएको हो ।
आफ्नै सामुन्ने दुई पक्षबीच हात हालाहाल भएपछि अघिवेशनमा बाह्य घुसपैठको संकेत गर्दै लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे ।
आजको घटनाको छानबिन हुने भन्दै उनी अधिवेशनस्थलबाट बाहिरिएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको छ । धवलशम्शेर राणा निकट समूहले ज्योति लामाको अध्यक्षतामा स्वत नयाँ समिति निर्वाचित भएको घोषणा ग¥यो ।














