Logo
Logo

बहुविवाहलाई मान्यता प्रदान गरिने छैन: ओली


756
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताए ।

सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे ।

‘हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ?,” उनले भने, “बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।”

प्रतिक्रिया दिनुहोस्