काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यसमिति अद्यावधिक गरेको छ ।

रास्वपाले केही पदहरूमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो । सोहीअनुसार आयोगले विवरण अद्यावधिक गरेको हो ।
अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री छन् । यसअघि हेरफेर भएको कार्यसमिति आयोगले अद्यावधिक गर्न ढिलाइ गरेको रास्वपाले बताएको थियो ।














