Logo
Logo

आज यी ४० जिल्लामा आकस्मिक बाढीको जोखिम


504
Shares

काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ४० जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले बेलेटिन सार्वजनिक गर्दै विभिन्न ४० जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको हो । महाशाखाका अनुसार आज डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।

त्यस्तै इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, बागलुङ, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, बाजुरा, बाझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सूची:

प्रतिक्रिया दिनुहोस्