Logo
Logo

ट्रक भिरबाट खस्दा चालकको मृत्यु


441
Shares

कालीकोट । कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ थामकोटमा भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बुधवार राति साढे ८ बजेको समयमा नेपालगन्जबाट खाद्यान्नसहित ग्याँस तथा सिमेन्ट बोकेको ट्रक दुर्घटनामा परेको हो । 

दुर्घटनामा मृत्यु हुनेमा दैलेखका मानबहादुर सारु मगर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार रातको समयमा कच्चि सडकमा ट्रक लैजाँदा सडक भासिएर दुर्घटना भएको हो । मानबहादुरसँगै ट्रकमा रहेका सहचालक भने सकुशल रहेका छन् । उनी टायरमा ढुङ्गा ओट लगाउनका लागि झरेको बेला ट्रक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्