धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् । कैलाली कारागारमा भएको झडप घटनामा असक्षम देखिएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो ।

दाङमा कार्यरत सिडिओ कृष्ण प्रसाद लम्साललाई कैलालीमा खटाइको छ । कारागार प्रकरणमा सिडिओको सरुवा भए पनि एसपी बालनरसिंह राणालाई भने हटाइएको छैन ।
शुक्रवार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४८ घाइते छन् ।














