Logo
Logo

बागमतीका ५ सचिवको सरुवा


945
Shares

काठमाडौं । बामगती प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवहरूको सरुवा गर्दा बागमती प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका पाँच सचिवको पनि सरुवा भएको हो ।

The current image has no alternative text. The file name is: Bagmati.gif

सङ्घीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो । जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर, आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्यको सरुवा भएको हो ।

रानाको प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा भएको छ । सचिव मैनालीको सङ्घीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने सचिव श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएको छ । त्यस्तै सचिव बज्राचार्यको गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । उनको ५ महिनामै सरुवा भएको हो । सचिव शाक्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ४ जना सहसचिवलाई बागमतीको सचिवमा सरुवा गरेर पठाएको छ, जसमा प्रमुख कर प्रशासकका रूपमा मध्यमस्तरीय करदाता कार्यालय काठमाडौैँमा कार्यरत पार्वती शर्मा, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनीमा कार्यरत बलराम ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीमा कार्यरत इन्द्रदेव भट्ट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत इश्वरचन्द्र मरहठ्ठा बागमती प्रदेश आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्