काठमाडौं । भैरहवास्थित रुपन्देही जिल्ला कारागारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनिएको कोठाको प्लाइउड हटाएर जाली राखिएको छ । कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गर्दै पूर्वगृहमन्त्री लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाई जाली राखिएको जनाएको हो ।

विज्ञप्तिअनुसार, सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा चार महिनाभन्दा बढी बन्दी रहेका लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा राखिएको छ । कोठामा शौचालय, टेलिफोन र भेटघाट सुविधा उपलब्ध छ ।
कारागार प्रशासक सुरेश भण्डारीले हालै सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताए । रुपन्देही कारागारको क्षमता २५० बन्दीको भए पनि हाल ६४० बन्दी छन् । यस्तो अवस्थामा पनि कानुनअनुसार सेवा९सुविधा उपलब्ध गराइएको कारागारको दाबी छ ।














