काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए ।

पहिलो कारणमा मूल्य वृद्धि हुनु रहेको बताउँदै उनले भने, ‘दोस्रो कारण भनेको निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु देखिएको छ ।’ उनले अहिले पनि मल होल्ड भएर रहेको बताए ।
‘अहिले पनि मल लोड भएको तीनवटा जहाज कोलकाता पोर्टमा होल्ड भएको छ’ उनले भने, ‘कोलकाता पोर्टको जाम नहटेकोले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन ।’











