Logo
Logo

एनआईएमबीद्वारा १० वर्षदेखि निष्क्रिय खाता अद्यावधिक गरी मौज्दात रकम दाबी गर्न आह्वान


945
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले आफ्नो निक्षेप खातामा लामो समयदेखि बेवारिसे रहेका रकम दाबी गर्न ग्राहकहरूलाई आह्वान गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका खाताहरूमा मौज्दात रकम दाबी गर्न सम्बन्धित खातावालाहरूलाई अद्यावधिक गरी खाता सक्रिय गराउन अनुरोध गरेको हो । बैंकले निष्क्रिय खातावालाहरूलाई आफ्नो नजिकको शाखामा सम्पर्क गरी आवश्यक कागजातसहित दाबी पेश गर्न अनुरोध गरेको छ ।

यसैगरी, साविक नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक तथा तीसँग गाभिएका वित्तीय संस्थाका लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीहरूलाई लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटलमा सम्पर्क गर्न सूचित गरिएको छ।

ग्राहकहरूको सुविधाका लागि बैंकले दाबी प्रक्रिया शाखा कार्यालयहरूमार्फत मात्र नभई अनलाइनमार्फत समेत गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

साथै, बैंकले ग्राहकहरूलाई आफ्नो खाता नियमित रूपमा अपडेट गर्न र निष्क्रिय खाता सक्रिय बनाउन पनि आग्रह गरेको छ।

थप जानकारीका लागि एनआईएमबी बैंकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्