Logo
Logo

भदौ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १ गते प्रश्न बुझाइसक्नु पर्ने


378
Shares

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । बिहीवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन् ।

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरुले मात्रै प्रश्न सोध्न पाउने बताए।

प्रश्न सोध्न भदौ १ गते आइतवार दिनको १ बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखितरुपमा दिनसक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्