Logo
Logo

रास्वपाले आँसु र भावनाको व्यापार गर्‍यो: काँग्रेस सांसद मिजार


756
Shares

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ अड्डासार गरी रास्वपाको आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गर्नुपर्ने टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद मिजारले भैरहवा कारागारको सुविधाको विषयलाई लिएर रास्वपाले भावनाको व्यापार गरिरहेको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताइन्।

उनले सहकारी ठगी मुद्दाका अभियुक्त लामिछानेलाई छुट्टै कोठा र टेलिफोनको सुविधा दिइएको भन्दै के सबै बन्दीलाई समान सुविधा दिन सकिन्छ ? भन्दै प्रश्न गरिन्। उनले रास्वपाको संवेदना र भावनाको व्यापार रोक्न लामिछानेलाई आजै काठमाडौँ अड्डासार गर्न सरकारको ध्यानाकर्षण गराइन्।

मिजारले भनिन्, ‘भैरहवा कारागारमा चार महिनादेखि सहकारी ठगी मुद्दामा रहेका पूर्वउपप्रधानमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने रहनु भएको छ। रास्वपाले यसमा समवेदनाको व्यापार गरिरहेको छ। आँसु र भावनाको व्यापार गर्ने यो दोकान बन्द गरिदिनुहोस्। उहाँलाई भैरहवाबाट आजै काठमाडौँ सार्ने व्यवस्था गरोस्।’

उनले सबै बन्दीलाई समान अधिकार प्रदान गर्ने विषयमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्