Logo
Logo

रास्वपाका नेता मोहन थापा अमेरिकाबाट निष्कासित


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । विभिन्न आपराधिक गतिविधिको आरोपमा अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा पाँच महिना बिताएका थापा साउन २२ गते एयर इन्डियाको उडान (एआई २११) मार्फत भारत हुँदै काठमाडौं फर्किएका हुन् । 

The current image has no alternative text. The file name is: neta.gif

सन् २०२५ मार्च ११ मा पेन्सिलभेनियाको विमानस्थलमा पक्राउ परेका थापालाई अमेरिकी ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने निर्णय गरेको थियो । फर्जी लाइसेन्स र परिचयपत्र बनाएको अभियोगमा उनको ग्रीनकार्ड रद्द गरिएको छ ।

डिपोर्टपछि अध्यागमन विभागले उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । ब्युरोले प्रारम्भिक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ । रास्वपाका सभापति रवि लामिछानेका निकट थापा म्याग्दीका स्थायी बासिन्दा हुन् । उनले गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध न्युयोर्कमा कालो झण्डा देखाउने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्