Logo
Logo

पर्यटन विभागका निर्देशकविरुद्ध ९६ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा


441
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी रूपमा ९६ लाख ८५ हजार ५५३ रुपियाँको सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आयोगले बिहीबार उक्त मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति आफ्नी पत्नी आशाकुमारी यादवको नाममा राखेको पाइएको छ । यसै कारण सम्पत्ति जफत गर्न आशाकुमारीलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, यादवले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र अस्वाभाविक रूपमा उच्च जीवनशैली अपनाएको पुष्टि भएको छ । सोही आधारमा अख्तियारले उनविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्