
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान साढे ११ बजे जनकपुर जाने भएका हुन् ।
जनकपुरमा प्रधानमन्त्रीले मधेश प्रदेश प्रहरी कार्यालय र सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यसैगरि प्रधानमन्त्रीले आजै दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।














