Logo
Logo

रास्वपालाई रहस्यमयी आगन्तुकहरूले कब्जा गर्न खोजे : मुकुल ढकाल


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ प्राप्त भएपछि कानुनले दिएको अन्तिम अवसरसम्म लडाइँ जारी राख्ने बताएका छन् । सर्वोच्चले मङ्गलवार ९साउन २७० उनको महामन्त्री पद पुनर्बहालीको रिट खारेज गरेको थियो ।

The current image has no alternative text. The file name is: mukul-dhakal_lxeQJx9NOe.jpg

विज्ञप्तिमार्फत ढकालले पार्टीभित्र ‘रहस्यमयी आगन्तुकहरूको कब्जा’बाट रास्वपा बचाउन अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्ने र आफ्नो रिट खारेज गर्ने न्यायाधीश एउटै भएको उल्लेख गर्दै अदालतको निष्पक्षतामाथि विश्वास राखे ।

‘अदालत सधैँ सही छ, न्यायाधीशहरू न्यायमूर्ति हुन्,’ उनले भने । ढकालले रविमाथिको कानुनी कारबाही र आफ्नो निष्कासनलाई एउटै शक्तिको षड्यन्त्र ठान्दै राष्ट्र निर्माणको उद्देश्यबाट पार्टी विचलित भएको बताए । रास्वपाले २०८१ भदौ ११ मा उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्