साउन । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरमाथि कारबाही गर्न वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले न्याय परिषद सचिवालयमा उजूरी दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको उजूरीमा कुँवरले न्यायपालिकाको मान मर्दन हुनेगरी गतिविधि गरेका प्रमाणहरुसमेत पेश गरिएको छ ।

उजूरीमा कुँवरले राजनीतिक नेताहरुको कार्यालय धाउने, स्वतन्त्र अदालतको अवधारणाविपरित असम्बद्ध गुणस्तर तथा नापतौल विभागको प्रमाण पत्र लिने जस्ता न्यायिक निष्ठाविपरित कार्य गरेको उल्लेख छ ।
साथै, अदालतको ऐन, व्यवस्था र भावनाविपरित विशेष अदालतमा ६ जना न्यायाधीशको इजलाश गठन गरेर दृष्टिन्युज डटकम अनलाइनसमेत भएको अदालतको अवहेलना मुद्दामा आदेश गरेको विषय पनि उजूरीमा उल्लेख छ ।
यसैबीच शुक्रबार नै विशेष अदालतका न्यायाधीशहरूको पूरै टिम फेरिएको छ । पाटन उच्च अदालत दरबन्दी भई काजमा विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत न्यायाधीश टेकनारायण कुँवरसहित ६ जना न्यायाधीशको सरुवा भएको हो । विशेष अदालतमा हालसम्म ६ जना न्यायाधीश कार्यरत थिए ।

















