काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा शनिवार बिहान एक कैदीको मृत्यु भएको छ । चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए ।

दुलाललाई प्राथमिक उपचारपछि सामान्य सुधार भएको थियो । तर, ५:५० बजे नुहाउन बाथरूम गएका उनको एक मिनेटमै अवस्था गम्भीर भयो । बाथरूममै लडेका दुलाललाई अचेत अवस्थामा हेटौंडा अस्पताल पुर्याइएको थियो ।
त्यहाँ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने पौडेलले बताए । जर्वजस्तीकरणी मुद्दामा चितवन जिल्ला अदालतबाट १० वर्ष कैद सजाय पाएका दुलाल १३ साउन २०७९ देखि भीमफेदी कारागारमा थिए । ५०० भन्दा बढी कैदीबन्दी रहेको कारागारमा हिजो बेलुका स्वास्थ्य जाँचमा सबै ठिक देखिएको थियो ।














