Logo
Logo

पाल्पामा सहकारीको रकम हिनामिना आरोपमा व्यवस्थापक पक्राउ

567
Shares

पाल्पा । रम्भा गाउँपालिका-४, हुमिनस्थित लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईका अनुसार, बम्रेललाई करिब २ करोड ८७ लाख ५७ हजार ठगी गरेको आरोपमा हुमिनस्थित उनकै घरबाट पक्राउ गरिएको हो ।

The current image has no alternative text. The file name is: palpa-1.gif

सहकारीको फर्जी कर्जादाता बनाई रकम अपचलन गरेको भन्दै अध्यक्ष सुवी विकको उजुरीका आधारमा बम्रेल पक्राउ परेका हुन् । २०८१ माघमा अध्यक्ष निर्वाचित विकले रकम लगानीबारे सोधपुछ गर्दा सञ्चालक समितिलाई जानकारी नदिई अपचलन भएको खुलासा भएको हो ।

सहकारीमा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका करिब एक हजार सेयर सदस्य छन् । संस्थामा बचतकर्ताको ५ करोड र राष्ट्रिय सहकारी बैङ्कको १ करोड रकम फिर्ता गर्न बाँकी छ । 

बचतकर्ताले रकम फिर्ताको दबाब दिइरहेका छन्। बम्रेल, जो २०६४ देखि संस्थापक अध्यक्ष र पछि व्यवस्थापक थिए, उनी माथि  अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।

पाल्पामा सहकारीको रकम हिनामिना आरोपमा व्यवस्थापक पक्राउ

पाल्पा । रम्भा गाउँपालिका–४, हुमिनस्थित लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईका अनुसार, बम्रेललाई करिब २ करोड ८७ लाख ५७ हजार ठगी गरेको आरोपमा हुमिनस्थित उनकै घरबाट पक्राउ गरिएको हो ।

सहकारीको फर्जी कर्जादाता बनाई रकम अपचलन गरेको भन्दै अध्यक्ष सुवी विकको उजुरीका आधारमा बम्रेल पक्राउ परेका हुन् । २०८१ माघमा अध्यक्ष निर्वाचित विकले रकम लगानीबारे सोधपुछ गर्दा सञ्चालक समितिलाई जानकारी नदिई अपचलन भएको खुलासा भएको हो ।

सहकारीमा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका करिब एक हजार सेयर सदस्य छन् । संस्थामा बचतकर्ताको ५ करोड र राष्ट्रिय सहकारी बैङ्कको १ करोड रकम फिर्ता गर्न बाँकी छ । 

बचतकर्ताले रकम फिर्ताको दबाब दिइरहेका छन् । बम्रेल, जो २०६४ देखि संस्थापक अध्यक्ष र पछि व्यवस्थापक थिए, उनी माथि  अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्