गोरखा । चुमनुव्री गाउँपालिका–२, ल्होमा शुक्रवार राति करिब ११:३० बजे आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आगलागीबाट स्थानीय तेन्जिङ लामा, रेक्जिन लामा, टासी लामा, वर्केन लामा, घ्याचु लामा, सान्दुक लामा र छेवाङ लामाको घरमा क्षति पुगेको छ ।

क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । वडाध्यक्ष मिङ्ग्युर दोर्जे लामाका अनुसार आगलागीमा लत्ताकपडा, अन्नपात, नगद र केही गरगहना जलेर नष्ट भएका छन् । सान्दुक लामाको घरबाट सुरु भएको आगो अन्य घरमा फैलिएको थियो ।
विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।














