Logo
Logo

रविलाई काठमाडौं ल्याइँदै, सुरक्षा व्यवस्था कडा


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकको भीड लागेको छ ।

लामिछानेलाई बुद्ध एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन लागेको हो । अहिले विमानस्थलमा उनका समर्थक तथा रास्वपा नेताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । साथै, सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

यस्तै, ललितपुरको नख्खु कारागार परिसरमा पनि उनका समर्थकहरू जम्मा भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा नेता कार्यकर्ताको भीड लागेको थियो ।
उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्