Logo
Logo

रविलाई सारियो नख्खु कारागार


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ । लामिछानेलाई गौतमबुद्ध विमानस्थल हुँदै बुद्ध एअरको जहाजमार्फत शनिबार काठमाडौं ल्याइएको हो ।

लामिछानेलाई काठमाडौँ ल्याइने भएपछि शुक्रबार त्रिभुवन विमानस्थलमा समर्थकको भीड लागेको थियो । उनलाई स्वागत गर्न रास्वपाका नेता दीपक बोहोरालगायत विमानस्थल पुगेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो ।

कारागार सरुवा रोकेपछि रास्वपाले संसदमै विरोध जनाएको थियो । रवि पत्नी निकिता पौडेलले अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने बताएकी थिइन् ।

यस्तै मानव अधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र बसाई असहज भएको बताएपछि सरकारमाथि दबाब परेको थियो । सोहीअनुसार लामिछानेलाई काठमाडौं सार्न तयार भएको हो ।

लामिछानेलाई दिउँसो ३ः१० बजेको फ्लाइटमा ल्याउनने भनिएपनि कारागारबाट बाहिर निकाल्न ढिला भएको थियो । उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो । त्यसको करिब ४० दिनपछि शुक्रबारमात्रै कारागार व्यवस्थापन विभागले कारागार सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्दै आज उनलाई कारागार स्थान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्