Logo
Logo

नख्खुको ‘सीआरसी’ ब्लकमा रवि लामिछाने


6.7k
Shares

काठमाडौं । भैरहवा कारागारबाट अड्डासार गरिएका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई राखिएको थियो । उनी उच्च अदालतले सफाइ दिएपछि थुनाबाहिर छन् ।

कारागार स्रोतका अनुसार रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी छन् । उनलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी गरिएको कारागार स्रोथले बताएको छ ।

आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । नख्खु कारागारका एक अधिकारीका अरु कैदीबन्दीलाई झैं रविले पनि सुविधा पाउनेछन् । संरचनाका हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित रहेको छ ।

लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।

अदालतले जेठ १६ गते अनुमति दिएको थियो । तर, उनको अड्डासार भने हुन सकेको थिए । पछि फेरि गृह प्रशासनले उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि आजै उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको थियो । ललितपुरको नख्खु कारागारमा उनलाई पुर्‍याउँदा समर्थकको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्