Logo
Logo

सुक्खा पहिराले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


378
Shares

भरतपुर । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्