Logo
Logo

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो


252
Shares

काठमाडौं । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा आज बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक बिहान ८ः १० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।

ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बिहानैदेखि रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्