Logo
Logo

सप्तरीमा करेन्ट लागेर सरदार दम्पतीको मृत्यु


315
Shares

काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार सरदार दम्पती शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्