Logo
Logo

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको पिसिआर रिपोर्ट नेगेटिभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ भदौ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोरोना संक्रमणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसिएमसीको उक्त बैठकमा सहभागी थिए । उनीहरुको स्वाब शनिबार संकलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्