Logo
Logo

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री आरजु राणाको राजीनामा


1.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन् । इजरायलमा हमासको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा प्रभावकारी पहल नगरेको र उनको परिवारको बिचल्लीप्रति सरकार उदासीन रहेको भन्दै शाहीले मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत शाहीले मन्त्री राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीमाथि कूटनीतिक ज्ञानको अभाव र नागरिकको जीवन रक्षामा असफल भएको आरोप लगाए । उनले भने, ‘दुखमा परेका नागरिकको सहयोग गर्न नसक्ने मन्त्री र कर्मचारीको पदमा औचित्य छैन ।’ 

शाहीले जोशीको परिवारको पीडा र सरकारको निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै तत्काल राजीनामा माग गरे । यो मागले सरकारमाथि जोशीको उद्धारका लागि दबाब बढाएको छ भने परराष्ट्र मन्त्रालयको प्रभावकारितामाथि थप प्रश्न उब्जिएको छ। शाहीले मन्त्रालयलाई तत्काल गम्भीर कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्