Logo
Logo

गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका  श्रीमान् पर्साबाट पक्राउ


1.4k
Shares

काठमाडौं । काठमाडौं हानगरपालिका-२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन् ।

The current image has no alternative text. The file name is: arrested.jpg

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाडौं ल्याउँदै छ । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लगेर हत्या गरेपछि बक्स पलङमुनि लुकाएर हिँडेका थिए । घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ दिएका थिए ।

तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्