Logo
Logo

सिंहदरबारमा परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता


315
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री आरजु राणा देउवाबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा विदेश सचिव मिस्री र परराष्ट्र मन्त्री राणाबीच आइतबार अपराह्न भेटवार्ता भएको हो । दुई दिने नेपाल भ्रमणका लागि विदेश सचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रतामा विदेश सचिव मिस्री नेपाल भ्रमणमा आएका हुन्।

यसअघि विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्