Logo
Logo

रहेनन् कवि तथा संगितकार विनोद नन्दन


378
Shares


काठमाडौं । कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ । ०९२ साल जेठ १९ गते तनहुँको वन्दिपुरमा जन्मिएका ९० वर्षीय नन्दनको उपचारको क्रममा चितवन मेकिडल कलेज भरतपुरमा निधन भएको हो । उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट बिरामी रहेका थिए ।

वि.सं.२०११ सालमा ‘झटारो’ गितिसंग्रह प्रकाशन गरेका नन्दनका गजल, कविता तथा अन्य काव्य प्रकाशित छन् । उनका गीति संग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ पनि प्रकाशित छन्।

नन्दनले बागिश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए । उनी गायक, संगितकार तथा कलाकार पनि थिए । उनको पार्थिव शरी सोमबार नै देवघाटमा अन्त्येष्टि गरिने परिवारको तयारी छ । त्यसअघि आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्