Logo
Logo

हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा प्रदर्शन


882
Shares

काठमाडौं । गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । आइतबार राति राजधानी तेल अभिभको बन्द स्क्वायरमा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ ।

एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए । यस क्रममा दिनभरि करिब ४० जनालाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

विरोध प्रदर्शनका आयोजकले गाजा सहर नियन्त्रणमा लिने योजनाले हमासद्वारा बन्धक बनाइएका २० जनाको ज्यानलाई खतरामा पारेको बताएका छन् ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने विरोध प्रदर्शनको आलोचना गरेका छन् । उनले भने, ‘यसले हमासको अडानलाई बलियो बनाउँछ र बन्धकहरूको रिहाइ ढिला गराउँछ ।’

७ अक्टोबर २०२३ मा इजरायलमा हमासले आक्रमण गर्दा झन्डै १ हजार २०० जना मारिएका थिए भने २५१ जनालाई गाजामा लगेर बन्धक बनाइएको थियो । त्यसयता इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ६१ हजार ००० भन्दा बढी प्यालेस्टिनी हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्